Thursday, January 24, 2013

हार्दिक समबेदना !!!



प्रिय आरोन,
मलाई यस कुरा प्रति सधै अफसोच रहने छ कि तिम्रा उपलब्धि हरुको जानकारी मलाई तिम्रो मृत्यु पछि मात्र भयो । २६ वर्षको कलिलै उमेरमा तिमीले हासिल गरेका प्राप्ति दुर्लभ छन् । त्यसैले तिमि हाम्रो समयका एक ठुला प्रबिधिज्ञ हौ ।

पछिल्लो समय तिमि depression बाट गुज्रियौ । तर त्यो नै तिम्रो मृत्युको एक मात्र कारण हो जस्तो मलाई किञ्चित पनि लाग्दैन, सूचना र ज्ञान लाई सिमित मान्छेहरुको परिधि भित्र कैद बनाएर राख्न चाहने सिंगो प्रणाली र त्यसका पक्षधर हरुको सिकार भयौ तिमि । तिमीले खोजेको त केवल - खुलापन र न्याय मात्र थियो  ।

तिमीले जे समस्या भोग्यौ, त्यसको समाधान आत्महत्या पनि होइन । तिमिले लडेको लडाई हाम्रो पुस्ताले लड्नु नै छ । कारागार भित्रै बाट सही, तिमीले यसलाई हाक्न सक्थ्यौ । त्यसले इन्टरनेट स्वतन्त्रताको  लडाईमा अर्को कोसेढुंगा थप्थ्यो । खैर, त्यो एक सम्भावनाको कुरा मात्र न रह्यो ।

अन्त्यमा, यस दुखद घडीमा तिम्री मायालु टेरेनलाई गहिरो सोक बाट माथि उठी तिम्रो सपना साकार पार्ने सामर्थ्य मिलोस, तिम्रो मृत आत्माको चीर शान्तिको कामना पनि गर्दछु  ।

तिम्रो सुभचिन्तक,

रुप सुनार
काठमाडौँ, नेपाल

No comments: